कोरोनाको कारण ३९ हजार बढीको मृत्यु

विराटनगर, १८ चैत । कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या झण्डै ४० हजार पुगेको छ ।

मंगलबार बेलुकीसम्म ३९ हजार ५ सय ६३ जनाको मृत्यु भएको वल्र्डओमिटरमा उल्लेख छ ।

यस्तै कोरोना भाइरसको संक्रमण हुनेको संख्यापनि ८ लाख ९ हजार २ सय ४८ पुगेको छ ।
बुधबार बेलुकासम्म १ लाख ७२ हजार ५ सय १७ जना कोरोना भाइरस मुक्त भएका छन् ।

गएको २४ घण्टामा स्पेनमा सबै भन्दा बढी ५ सय ५५ जनाको मृत्यु भएको छ । स्पेनमा जम्मा ८ हजार २ सय ६९ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

यस्तै गएको २४ घण्टामा अमेरिकामा ४५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । इरानमा १ सय ४१ जना, चीनमा ५ जनाको मृत्यु भएको छ ।

Loading...