झापामा भोकमरी हुन नदिन राहतकोष

भद्रपुर, १७ चैत । झापाका अधिकांश स्थानीय तहले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा १० लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेको छ ।

मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पु¥याइने बताए ।

यसैगरी कनकाई नगरपालिकाले १५ लाख, शिवसताक्षी नगरपालिकाले १० लाख, दमक नगरपालिकाले ३० लाख र कमल गाउँपालिकाले १० लाख रुपैयाँको आकस्मिक राहत कोष स्थापना गरेका छन् ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले व्यक्ति तथा संस्थाले आफूखुशी राहत वितरण गर्दा पक्षपात हुने गुनासो आउने भएको हुँदा आफ्नो नगरमा नगरपालिकाको एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने बताए ।

Loading...