इटहरीका सवै वडामा पठाइयो राहत समाग्री

विराटनगर, १७ चैत । इटहरी उपमहानगरपालिकाले २० वटै वडामा राहत वितरणका लागि खाद्य समाग्री पठाइएको छ ।

विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा सामाग्री पठाइएको हो ।

सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री बुझाइएको नगरप्रमुख द्वारिकलाल चौधरीले बताए ।

Loading...