प्रदेश १ मा ४६ जनाको नमूना संकलन

विराटनगर, १८ चैत । मंगलबारसम्म प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा ४६ जनाको नमूना संकलन गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।

झापाबाट ५ जना, मोरंगबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेह्रथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरिएको छ ।
यसमध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताए ।

यस्तै प्रदेश १ मा आज सम्ममा ७ जना आईसोलेसनमा भर्ना भएका छन् । ४ महिला सहित ७ जना आईसोलेसनमा रहेको उनले बताए ।

सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आईसोलेसनमा भर्ना गरिएको छ । आईसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताए ।

प्रदेश १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आईसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।

यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण सम्बन्धित विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

Loading...