काठमाण्डौ , १८चैत । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमण रोकथामकालागि नेपाल सरकारलाई दुई करोड रुपैया दिने निर्णय गरेको छ ।
आयोगले चालु बर्षका केही कार्यक्रमहरुलाई स्थगित गरेर ती कार्यक्रमहरुमा खर्च हुने दुई करोड रुपैया कोरोना भाइरस संक्रमण रोकथामकालागि सरकारलाई दिने निर्णय गरेको हो ।
आयोग प्रक्त्ता तथा सचिव वेदप्रसाद भट्टराईले मंगलबार बिज्ञप्ती प्रकाशन गर्दै महाविपत्तीको सयमा सरकारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकोले कार्यक्रमहरु कटौती गरि दुई करोड रुपैया सरकारलाई फिर्ता गरेको गरेको जानकाारी गराएका छन । बिज्ञप्तीमा उनले भनेका छन ,– ‘ विपतको बेला जिवन रक्षाको अधिकारमा सहयोग पुरयाउन सरकारी निजी क्षेत्र सबैले संक्रमण रोकथामकालागि सकेको सहयोग गर्नुपर्छ ।,
आयोगले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न २५ चैतसम्म गरेको लकडाउनलाई जायज भन्दै त्यसको पुर्ण पालना गर्न आम देशबासीसँग आग्रह पनि गरेको छ ।
र ,आयोगले मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार सबै मानव अधिकार अन्तरसम्बन्धित र समान महत्वको हुन्छ भन्दै जीवनको अधिकार सुरक्षित र सुनिश्चित गर्ने सन्दर्भमा स्वास्थ्यको अधिकारका साथै नागरिकका अन्य आधारभूत अधिकारहरुको समेत सम्मान र परिपूर्ति गर्न गराउन सरकार र नीजि क्षेत्रसँग आग्रह पनि गरेको छ ।
सन्त्रास र सङ्कटको घडीमा राज्यका सबै निकायहरुको सक्रियता, समन्वय र सहयोगात्मक भावनामा आयोगले विश्वास लिएको छ ।