निजी शैक्षिक सस्थालाई सरकारको दुई विकल्प

काठमाडौँ, १८ चैत । सरकारले निजी विद्यालयलाई सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्न सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको हो ।

निजी विद्यालयले एक महिनाको विद्यार्थीको शिक्षण शुल्क छुट गर्नुपर्ने मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय कार्यान्वयन गर्न सरकारले विकल्प सहितको निर्देशन दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थीको आवास शुल्क भने फिर्ता गर्नुपर्ने छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको एक महिनाको शिक्षण शुल्क छुट सम्बन्धी सरकारको निर्णय अनिवार्य कार्यान्वयन गरिनुपर्ने बताउदै निजी शैक्षिक संस्थालाई यसको कार्यान्वयनमा जुट्न आह्वान गरेका छन् ।

Loading...