गभर्नर नियुक्तिगर्न समिति गठन

काठमाडौं, चैत १८ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सरकारले सिफारिश समिति गठन गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न समिति गठन गरेको हो ।

ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ ।

अर्थ मन्त्रालयका अनुसार समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटालाई सदस्य बनाइएको छ । सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।

Loading...