birat ribon

राहत प्याकेज घोषणा गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रेस युनियनको माग

Neuro
राहत प्याकेज घोषणा गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रेस युनियनको माग

विराटनगर,१७ चैत । नेपाल प्रेस युनियनले सक्रृय श्रमजिवी पत्रकार र सञ्चार माध्यमहरुकालागि राहत प्याकेज घोषणा गर्न र स्वास्थ्य सामग्री प्रदान गर्न माग गरेको छ ।

Padelux insider
cura insider

प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले सोमबार बिज्ञप्ती जारी गर्दै सक्रृय श्रमजिवी पत्रकार र सञ्चार माध्यमहरुकालागि राहत प्याकेज घोषणा गर्न र स्वास्थ्य सामग्री प्रदान गर्न माग गरेका हुन ।

कोरोना भाईरसको विश्वव्यापी महामारीको समयमा जोखिम मोलेर सही सूचना सम्प्रेषण गर्न पत्रकार र सञ्चार माध्यमहरु खटिरहेकोले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई जस्तै आर्थिक प्याकेज घोषणा गर्नुपर्ने र सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु जस्तै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु पर्ने अध्यक्ष सिग्देलको भनाई छ ।

उनले सञ्चार माध्यमको शुल्क र करमा छुटदिन र संकटमा परेका पत्रकारहरुको उद्धार गर्न सरकारसँग माग गरेका छन ।

सुरक्षित स्वास्थ्य सामग्रीको अभावमा धेरै पत्रकारहरुले जिवको जोखिम मोलेर फिल्ड र कार्यालयमा खटिएर सूचना सम्प्रेषण गरिरहेका छन ।

jackson ribon