डर्टमुण्ड सान्चो बेच्न तयार

एजेन्सी, १७ चैत । जर्मन क्लब बोरुसिया डर्टमुण्ड आफ्ना युवा स्टार जाडोन सान्चोलाई बेच्न तयार भएको छ ।

डर्टमुण्ड प्रमुख हान्स जोचिम वत्जकेले इंग्ल्याण्डका युवा स्टार सान्चो बेच्न आफूहरू तयार भएको जनाएका हुन् ।

उनले खेलाडीको चाहनाको सम्मान गर्ने जनाउँदै साञ्चो नयाँ गन्तव्यमा जान सक्ने प्रष्ट पारेका हुन् ।

२० वर्षीय साञ्जोमाथि स्पेनिस क्लब बार्सिलोनाका साथै इंग्लिस क्लब लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेडले नजर लगाइरहेका छन् ।

यसमध्ये युनाइटेडले उनलाई अनुबन्धनको प्रयास गरिरहेको बताइएको छ । यद्यपि, युनाइटेडले प्रस्ताव गरको सस्तो मूल्यमा सान्चो बेच्न नसकिने वत्जकेले प्रष्ट पारेका छन् ।

खबरका अनुसार युनाइटेडले एक सय मिलियन पाउण्डको प्रस्ताव अघि सारेको थियो । तर, डर्टमुण्डले युनाइटेडको प्रस्ताव अस्वीकार गरेको हो ।

Loading...