मार्टिनेज बार्सिलोना आउन सहमत

एजेन्सी, १७ चैत । इटालियन क्लब इन्टर मिलानका स्टार लाउटारो मार्टिनेज बार्सिलोना आउन सहमत भएको जनाइएको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार अर्जेन्टिनी स्टार मार्टिनेजल बार्सिलोना सरुवा हुन तयार रहेका हुन् ।

पछिल्लो समय ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले लुइस स्वारेजको स्थानमा मार्टिनेज ल्याउन चाहेको बताइन्छ ।

कप्तान लियोनल मेस्सीले आफ्ना सहकर्मीसमेत रहेका मार्टिनेज ल्याउन क्लबलाई सुझाव दिएपछि बार्सिलोनाले उनलाई भित्र्याउने भएको हो ।

उनलाई पहिलो प्राथमिकतामा राखेर बार्सिलोनाले इन्टरसँग छलफल गरिरहेको बताइन्छ ।

यसअघि आफू इन्टरमै रहने बताएका मार्टिनेजले अब भने बार्सिलोनामा अनुबन्ध हुने इच्छा जताएको मुन्डो डिपोर्टिभोको दाबी छ ।

यद्यपि, अहिले कोरोना भाइरसको प्रकोपको कारण मार्टिनेजको सरुवामा प्रभाव परिरहेको बताइन्छ ।

खबरका अनुसार अब बार्सिलोनाले कोरोनाको महामारी शान्त भएपछि मार्टिनेजको बारेमा इन्टरसँग छलफल गर्नेछ ।

क्याटलान क्लबले मार्टिनेज वा पूर्वखेलाडी नेयमारलाई भित्र्याउने मनसाय बनाएको बताइन्छ । तर, नेयमारभन्दा पनि मार्टिनेज बार्सिलोना नजिक रहेको मुन्डो डिपोर्टिभोको दाबी छ ।

मार्टिनेजको सहमतिका कारण उनी बार्सिलोनामा अनुबन्ध सम्भावना बढेको बताइएको छ ।

Loading...