‘म्याराडोनाभन्दा मेस्सी उत्कृष्ट खेलाडी’

एजेन्सी, १७ चैत । इटालियन गोलरक्षक एन्टोनियो क्यासानोले अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनाभन्दा लियोनल मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

khel

रियल मड्रिडका पूर्वगोलरक्षक क्यासानोले इटालियन मिडिया कोर्रियर डेल्लो स्पोर्ट्ससँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

१५ वर्ष यता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका कारण मेस्सी म्याराडोनाभन्दा उत्कृष्ट खेलाडी भएको क्यासानोको भनाइ छ ।

‘म्याराडोनाले ४–५ वर्ष अविश्वनीय प्रदर्शन गरेका थिए तर मेस्सीले यस्तो प्रदर्शन विगत १५ वर्षदेखि गर्दै आइरहेका छन्,’, उनले भनेका छन् ।

‘उनले ७ सय १० गोल र ३०० असिस्ट गरेका छन्’, क्यासानोले भनेका छन्, ‘जब उनी खेल्छन्, तब उनको टिमले कमसेकम १–० गोलको जित निकालेकै हुन्छ ।’

Loading...