२५ चैतसम्म लकडाउन

काठमाडौं, १६ चैत । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि आह्वान गरेको लकडाउन एकसाता बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउन एक साता बढाउने निर्णय गरेको हो ।

बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले गत मंगलबारबाट १८ चैतसम्मका लागि लक डाउन गर्ने निर्णय गरेको थियो । तर संक्रमणको जोखिम बढेपछि पून एकसाता थप गरेको हो ।

Loading...