विराटनगरको बजार : दिनभर सुनसान, साँझ परेपछि भिडभाड(फाेटाेफिचर)

विराटनगर, १६ चैत । कोरोना संक्रमण फैलने आशंकामा सरकारले आह्वान गरेको लकडाउनका कारण आइतबार दिनभरी विराटनगरका बजार सुनसान थियो ।

औषधि पसल, केही किराना पसल र बैंक खुलेका थिए । तर त्यहाँ भिड बाक्लो थिएन् । बजारमा भिड हुने गुद्री बजार सुनसान थियो । तर साझ पाँच बज्न नपाउँदै गुद्री बजार गुल्जार भयो ।

सेल्फ क्वारेन्टाइनमा बसेकाहरु दैनिक उपभोग्य बस्तु खरिद गर्न भन्दै निस्कीए ।

व्यापारीले सडक किनारमा पसल थापो । दिउँसो सुनसान देखिने गुद्री बजारमा एकै छिनमा भिड बढ्यो ।

गुद्रीमा मात्र होइन आइतबार हाटखोला चौकमा लाग्ने हटियामा मान्छे जम्मा भए ।

कोरोना संक्रमण जोखिमका कारण स्थानीय प्रशासनले बजारमा भेला नहुन आग्रह गरेको छ ।

अति आवश्यक अवस्थामा बजार जानु परे एक मिटरको दुरीमा बस्न आग्रह गरेको छ । तर तरकारी पसलमा दुरी कायम गर्ने भन्दा पनि खरिद गर्नेको तछाड मछाड िथयो ।

कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकाले जनतालाई घरबाट ननिस्कन आग्रह गरिरहेको मेयर भीम पराजुली बताउँछन् । तर सर्बसाधारणले भने स्थानीय सरकारको आग्रहलाई अटेर गरिरहेका छन् ।

बजारमा प्रहरी देख्दा पसल सञ्चालकहरु भाग्छन् । तर प्रहरी फर्किए पून पसल सुरु गर्छन् । आइतबार हाटखोलाका व्यापारी र सर्बसाधारण प्रहरीसँग लुकामारी गर्दै खरिद बिक्री गरिरहेका थिए ।

Loading...