Rumpum

Rumpum Advertisement

रियल जाने हालाण्डको चाहना

रियल जाने हालाण्डको चाहना

एजेन्सी, १६ चैत । जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार इर्लिङ हालाण्डले रियल मड्रिड जाने चाहना राखेको बताइएको छ ।

‘एबीसी’ नामक मिडियाका अनुसार नर्वेका स्टार हालाण्डले स्पेन जाने मनसाय गरेका छन् ।

यसअघि हालाण्डले रियल जान अस्वीकार गरेको बताइएको थियो । तर, एबीसीले भने १९ वर्षीय हालाण्डले रियल जाने इच्छा देखाएको दाबी गरेको छ । खबरका अनुसार रियलले राखेको प्रस्तावलाई हालाण्डले सकारात्मक रूपमा लिएका छन् ।

यसै सिजन मात्र बुन्डेसलिगा क्लब डर्टमुण्डमा अनुबन्ध भएका हालाण्डको उच्च प्रदर्शनका कारण डर्टमुण्डमा आएको केही महिनाभित्रै ठूला क्लबले उनीमाथि नजर लगाएका छन् ।

सुरुआतदेखि नै उनीमाथि रियलले नजर लगाएको थियो । रियलले प्रतिसिजन ५० गोलसम्म गर्न सक्ने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अभाव हटाउन उनलाई भित्र्याउने मनसाय बनाएको थियो ।

‘एक्सप्रेस’का अनुसार हाल रियलले हालाण्डलाई ‘टप टार्गेट’मा राखेको छ । यता, स्पेनिस जायन्टको इच्छासामु उनको पनि आकर्षण रहेको जनाइएको छ ।

यसै सिजन मात्र अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड आएका उनले च्याम्पिन्स लिगमा डेब्यू गर्दा नै २ गोल गरेका थिए । गत जनवरीमा डर्टमुण्ड आएका उनले ११ खेल खेल्दा १२ गोल गरेका छन् ।

उनीमाथि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि नजर राखेको बताइएको छ ।