ट्वाइलेटमा कोरोना भाइरस धेरै दिन बाँच्न सक्ने

एजेन्सी, १६ चैत । घरको ट्वाइलेटलाई घरका ५ देखि ६ व्यक्तिहरू वा सोभन्दा बढीले प्रयोग गर्नुपर्ने हुन्छ ।

अझ भाडामा बसेकोहरूले एउटै ट्वाइलेट ३ देखि ४ परिवारले समेत प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।

कोठामा बस्ने व्यक्तिहरू कहाँ जान्छन् ? को को लाई भेट्छन् ? को को पाहुना आउछन् ? एकअर्को कोठामा बस्ने व्यक्तिलाई थाहा नहुन पनि सक्छ ।

चिसो, ओसिलो ट्वाइलेट र त्यहाँ प्रयोग भएका बाल्टिन र मगजस्ता प्लास्टिकका भाँडा, फोहोर फलामका धारा, फलामको चुकुल आदि कोरोना भाइरस धेरै दिन बाँच्नको लागि अनुकुल हुन सक्ने जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डे बताउँछन् ।

चिसोमा कोरोना भाइरस २८ दिन, प्लास्टिक, स्टिल तथा फलाममा ३ देखि ९ दिनसम्म बाँच्न सक्ने अध्ययनले देखाइसकेको छ ।

यस्तो ठाउँमा कोही संक्रमित व्यक्तिले ट्वाइलेट प्रयोग गरेमा उक्त घरमा रहेका सबै व्यक्तिहरूलाई समेत सर्ने सम्भावना उच्च रहन्छ ।

कोरोना भाइरसबाट मात्र नभई अन्य विभिन्न प्रकारको भाइरसको जोखिमबाट बच्नको लागि घरमा बस्ने हरेक व्यक्तिहरू जिम्मेवार हुनुपर्छ ।

दिनमा न्यूनतम ३ पटक ट्वाइलेट रुमका ढोका, साँचो, चुकुल, धारो, बाल्टिन, माग आदिलाई स्प्रिट वा ६० ५ भन्दा बढी अल्कोहल भएको झोलले राम्रोसँग सफा गर्नुपर्छ ।

ट्वाइले टभित्रको भुइँलाई साबुनपानी वा फिनेलले सफा गर्ने, सुख्खा राख्ने, झ्याल तथा भेन्टिलेटर खोलेर हावा पस्ने वातावरण बनाउन अति आवश्यक हुन्छ ।

आफूले ट्वाइलेट प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने र त्यसपछि सफा गरेर फिनेल वा अन्य डिसइन्फेकटेन्ट राख्नुपर्छ ।

यो काम सुरमा झन्झटिलो लागेपनि सबैले पालोपालो गर्दा भने सजिलो हुन्छ ।

Loading...