धनगढीका संक्रमितसँगै आएका विराटनगरका एक पुरूष परिवारसहित क्वारेन्टाइनमा

विराटनगर, १६ चैत । धनगढीका कोरोना संक्रमित पुरुषसँगै दुबईबाट नेपाल आएका विराटनगरका एक व्यक्तीलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको छ ।

६ चैतमा सँगैआएका धनगढीका ३४ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर– १५ का युवकलाई पनि परिवारसहित क्वारेन्टाइनमा राखिएको हो ।

विराटनगर महानगरपालिकाका अनुसार श्रीमती र एक छोरीसहित उनलाई विराटनगर १९ मा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

धनगडीका युवकलाई १४ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए ।

गत ६ चैतमा विराटनगरका युवक र संक्रमित युवक दुबईबाट दिल्ली हुँदै काठमाडौं एउटै फ्लाइटमा आएका थिए । विराटनगर र धनगढीका युवक साथीसाथी रहेकाे बताइएकाे छ ।

फ्लाइटमा सँगै आएका व्यक्ती संक्रमित भएको जानकारी पाएपछि विराटनगर महानगरपालिकाको टोली उनको घर पुगेको थियो ।

१४ दिनसम्म संकास्पद भएकाले परिवारसहित उनलाई विराटनगर – १९ मा निर्माण भएको क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिका स्रोतका अनुसार क्वारेन्टाइनमा उनीहरुलाई छुट्टा छुट्टै स्थानमा राखिएको छ ।

क्वारेन्टाइनमा शबिार युवकको श्रीमतीको स्वास्थ्यमा खराबी देखिएको थियाे । शनिबार राति बान्ता भएपछि एम्बुलेन्समा कोशी अस्पताल लगिएको थियो । आइतबार भने उनीहरुको स्वास्थ्य सामान्य छ ।

स्वाब सोमबार लिने तयारी

सँगै आएका व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएपनि क्वारेन्टाइनमा राखिएका व्यक्तीको थ्रोट स्वाब संकलन गरिएको छैन् ।

विराटनगर महानगरपालिकाले सोमबार संकास्पद व्यक्ती र उनको परिवारको स्वाब लिने तयारी गरिररहेको छ ।

Loading...