शौचालयमा कोरोना भाइरस धेरै दिन बाच्न सक्छ

सामान्यतया एउटा घरकाे शाैचालय ५ देखि ६ व्यक्ति वा सो भन्दा बढी परिवारका सदस्यहरूले प्रयोग गर्छन् ।

अझ भाडामा बसेकाहरूको हकमा भने एउटै शौचालय ३ देखि ४ परिवारले प्रयोग गर्नु पर्ने बाध्यता हुन्छ ।

चिसो ओसिलो शौचालय र त्यहाँ प्रयोग भएका बाल्टिन र मगजस्ता प्लास्टिकका भाँडा, फलामका धारामा कोरोना भाइरस धेरै दिन बाच्न सक्ने जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डे बताउँछन् ।

चिसोमा कोरोना भाइरस २८ दिन, प्लास्टिक, स्टिल तथा फलाममा ३ देखि ९ दिन सम्म बाच्न सक्ने अध्ययनले देखाइसकेको छ ।

यस्तो ठाउँमा कोही संक्रमित व्यक्तिले शाैचालय प्रयोग गरेमा उक्त घरमा रहेका सबै व्यक्तिहरूलाई समेत सर्ने सम्भावना उच्च रहन्छ ।

कोरोना भाइरसबाट मात्र नभई अन्य विभिन्न प्रकारको भाइरसको जोखिमबाट बच्नको लागि घरमा बस्ने हरेक व्यक्तिहरू जिम्मेवार हुनुपर्छ ।

दिनमा न्युनतम ३ पटक ट्वाइलेट रुमका ढोका, साँचो, चुकुल, धारो, बाल्टिन, माग आदिलाई स्प्रिट वा ६० प्रतिशत भन्दा बढी अल्कोहल भएको झोलले राम्रोसंग सफा गर्नु पर्छ ।

ट्वाइलेट भित्रको भुइँलाई साबुनपानी वा फिनेलले सफा गर्ने, सुख्खा राख्ने, झ्याल तथा भेन्टिलेटर खोलेर हावा पस्ने बाताबरण बनाउनु पर्ने उनको सुझाव छ ।

Loading...