आइतबारबाट धरानमै कोरोना परीक्षण

विराटनगर, १५ चैत । धरानबाट कोरोना भाइरसको परीक्षण हुने भएको छ ।

काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालमा मात्र परीक्षण हुँदै आएको कोरोना भाइरस अब सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारबाट धरानमा कोरोनाको परीक्षण हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले शनिबार नियमित पत्रकार सम्मेलनमा धरानबाट परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएको बताएका थिए ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.संजिवकुमार शर्माले परीक्षणको तयारी पुरा भएको र आइतबारबाट नमुना परीक्षण सुरु गरिने जानकारी दिए ।

प्रतिष्ठानमा प्रदेश १ र २ लाई लक्षित गरेर कोरोना भाइरसको आशंका गरिएका विरामीको स्वाब परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो । सुरुमा दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ ।

Loading...