संक्रमित आमाले स्तनपान गराउँदा अपनाउनु पर्ने सतर्कता

कोरोना भाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्ने र प्राप्त सल्लाहलाई मान्नु पर्ने युनिसेफ नेपाल र विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई ध्यानमा राख्दै कोरोना भाइरसबाट संक्रमित आमाले स्तनपान निरन्तरता दिन सकिने बताइएको छ । तर, यो सरुवा रोग भएका कारणभाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ ।

लक्षण देखिएका तर, सबल आमाहरूले स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, सरसफाईमा ध्यान दिने जस्ता बानि बसाउनु पर्छ ।

साथै, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने तथा अन्य अवस्थामा पनि कोरोन भाइरस भएको शंका लागेका वा संक्रमित व्यक्तिहरूसँग अन्तर्क्रिया गर्दा अपनाउनु पर्ने सतर्कताहरू अपनाउनुपर्ने हुन्छ ।

आमा निकै नै अस्वस्थ भएको अवस्थामा दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ वा आफुलाई सहज हुने अन्य उपायहरू अपनाउन सकिन्छ ।

Loading...