birat ribon

डाँफे हेल्थ डटकमबाट कोरानाको आधिकारिक जानकारी

Neuro
डाँफे हेल्थ डटकमबाट कोरानाको आधिकारिक जानकारी

काठमाण्डौ , १५ चैत । सरकारले कोरोना नियन्त्रण तथा रोकथामको आधिकारिक जानकारी दिन आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याएको छ ।

Padelux insider
cura insider

कोरोना भाइरसका बारेमा सही र आधिकारित जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

आज शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा खेमबहादुर कार्कीले बताएका छन् ।


सूचना र ज्ञानसीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेको र शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउनेछ , उनले थपे ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आबद्ध धेरै व्यक्तिको कोरोना भाइरसका बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सर्वसाधारण र स्वास्थ्यकर्मीले प्रमाणित सूचना तथा जानकारी पाउन डाँफे हेल्थ डट कममा युजर आइडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको लर्निङ पोर्टलमार्फत् सरकारले डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई अनलाइन तालिमको व्यवस्थासमेत गर्ने जनाएको छ ।

jackson ribon