लघुकथा – ‘सर्टिफिकेटको मूल्य’

-नानी बिबु





गरिमा डिग्री पढ्दै गरेकी विद्यार्थी हो । फस्ट डिभिजनमा ब्याचलर पास गरेको सर्टिफिकेट उसको हातमा छ तर पनि उसले चाहेजस्तो जागिर पाउन सकिरहेकी छैन ।उसले धेरै ठाउँमा जागिरको लागि आवेदन दिई । परीक्षादिई । परीक्षा राम्रै हुन्थ्यो तर ऊ छनोटमा पर्दैनथिई । तर पनि ‘अझै मेरो मिहिनेत पुगेको रहेनछ’ भन्दै चित्त बुझाउँथी र अझै मिहिनेतका साथ तयारीमा जुट्थी । किनकि उसलाई विश्वास थियो एक दिन मैले मेरो योग्यता र क्षमताअनुसारको जागिर अवश्य पाउनेछु ।फेरि अर्कोपटकउसले एउटा संस्थानमा जागिरका लागि आवेदन दिईर परीक्षादिई । परीक्षा दिन जाँदा उसको ब्याचलर पढ्दाकी साथी प्रकृतीसँग भेट भयो । प्रकृती पनि उसकी प्रतिस्पर्धी बनेर परीक्षा दिन आएकी रहिछ । प्रकृती त्यति जान्ने थिइन । जेनतेन ब्याचलर पास मात्र गरेकी थिई । प्रकृती र गरिमाको योग्यता र क्षमतामा धेरै नै फरक थियो । संस्थानको परीक्षा सकियो । केही समयपछि नतिजा आयो । प्रकृतीको नाम छनोटमा पर्यो तर गरिमाको परेन । यो नतिजाले गरिमालाई आश्चर्यचकित बनायो । उसले प्रकृतीलाई भेटेरै सोधी “सर्वप्रथम त तिमीलाई बधाई छ प्रकृती । तिम्रो रिस गरेको त होइन तर एउटा कुरा सोध्न मन लाग्यो । साँच्चै भन्नुपर्दा तिम्रो र मेरो योग्यता र क्षमतामा धेरै फरक छ यो कुरा तिमीलाई पनि थाहा छ।आज तिमी छनोट भएर म छनोट नहुँदा अचम्म लाग्यो । यो कसरी भयो ?”प्रत्युत्तरमा प्रकृतीले हाँसेर भनि “हेर गरिमा यो परीक्षा भनेको त एउटा प्रकृया मात्र हो रहेछ । मेरो परीक्षा कहाँ राम्रो भएको थियो र ? संस्थानको हाकिम आफ्नो मान्छे हुनुहुन्थ्यो नि त । उहाँले नै कर गरेर फम भर्न लगाएर परीक्षामा समावेस हुन लगाउनुभएकोथियो र परीक्षा दिन आइदिएको मात्र हो नाम निस्किहाल्यो ।“प्रकृतिको उत्तरलेगरिमालाई एकाएक निरास बनाइदियो । उसलाई आफ्नो पढाई र सर्टिफिकेट कुनै मूल्य नभएकोमहसुस भयो ।

-दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।

Loading...