लकडाउन समयमा ‘टेलिभिजन विद्यालय’ सञ्चालन गर्न माग

विराटनगर ,१४ चैत । वृहत राष्ट्रिय शिक्षा अभियानले लकडाउनको समयमा ‘टेलिभिजन विद्यालय’ सञ्चालन गर्न आग्रह गरेको छ ।

अभियानका सह–संयोजक श्रीमन्त भट्टराईले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै विद्यालय तहका बालबालिकालाई लक्षित गरेर ‘टेलिभिजन विद्यालय’को कन्सेप्ट तुरुन्त सुरु गर्न आग्रह गरेका हुन ।

कोरोना प्रकोपबाट आफू बच्न र देशलाई बचाउन नगरिक स्तरबाट सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै उनले लेखेका छन्, ‘यतिबेला देश अन्यौलमा छ । विश्वभर तिब्र गतिमा फैलिरहेको कोरानाले नेपालमा कति र कस्तो असर पार्ने अनुमान गर्नै सकिएको छैन । विगत केही समयदेखि विद्यालयहरु बन्द छन् ।

मानव सभ्यतामाथि नै प्रश्न उठाउँदै विश्वभर फैलिएको यो प्रकोप पूर्णरुपमा अन्त्य नभएसम्म बालबालिकालाई विद्यालय पठाउन सक्ने अवस्था हुँदैन । यो समस्याको अन्त्य हुन न्युनतम करिब तीन महिना लाग्नसक्छ । त्यसकारण यतिबेला सञ्चारमाध्यमहरुले बालबालिका लक्षित सामग्रीहरु प्रकाशन र प्रशारण गरिदिनुहुन अनुरोध गर्दछु । अझ विशेषगरी सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनसहित देशभरका टेलिभिजनहरुको यो समय महत्वपूर्ण भूमिका हुनसक्छ ।’

कोरोना कहरबाट देश प्रताडीत भइरहेको वर्तमान सन्दर्भमा त्यस विषयमा सर्वसाधारणलाई जानकारी दिन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले भने, ‘कोरोनाको फैलावट एवं क्षतिको सन्दर्भमा विश्वभरको जानकारी हरेक नागरिकले सञ्चारमाध्यमहरुबाट पाइरहनुभएको छ । यसमा इलेक्ट्रोनिक (टेलिभिजन र अनलाइन) मिडियाहरुको भूमिका अझ बढी देखिन्छ । त्रासका बाबजुत सर्वसाधारणलाई सूचनाको पहुँच पुर्याउन सञ्चार माध्यम र तपाई सञ्चारकर्मीले खेल्नुभएको भूमिकाप्रति म नमन गर्न चाहन्छु । यो भूमिका अझ विशेष होस् र बालबालिका लक्षित होस् ।’

सह–संयोजक भट्टराईले अनलाइन कोर्ष भन्दा पनि सबैको पहुँचमा रहेको नेपाल टेलिभिजनबाट त्यस प्रकारको कार्यक्रम चलाउनु उचित हुने स्पष्ट पारेका छन् भने अन्य कुनै पनि निजी टेलिभिजनले यसप्रकारका कार्यक्रमहरु ल्याउन अत्यन्त आवश्यक रहेको बताएका छन् । ‘दिउँसोको तीनदेखि पाँच घण्टाको समय टेलिभिजनहरुलाई डिजिटल विद्यालय बनाऔं ।’ आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने, ‘राज्यले यसमा सहयोग गरोस्, अनि अभिभावकहरुले कार्यक्रमलाई प्रभावकारी बनाउन साथ दिनुहोस् ।’

टेलिभिजन विद्यालयको सन्दर्भमा सरकारको विशेष ध्यान जानुपर्ने माग राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलसँग पनि कुरा उठाएको उनले बताएका छन् । बालबालिकालाई अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक र नैतिक शिक्षासहितका पाँच विषयमा डिजिटल कोर्षको स्थापना गराउन कुनै समस्या नरहेको उनको बुझाई छ ।

त्यसलाई बहुकक्षा शिक्षण विधिको प्रयोग गर्दै कक्षा १–३ लाई एउटै कोर्षले पढाउन सकिने उनले बताएका छन् । त्यस्तै ४–५, ६–८, र ९–१० कक्षालाई संयुक्त कोर्ष पढाउन सकिने उनको बुझाई छ । डिजिटल कोर्ष निर्माण गर्न देशभरका प्राविधिकहरुलाई एकै ठाउँमा ल्याएर एक सातामा निर्माण गराउन सकिने भन्दै उनले त्यस सन्दर्भमा प्रदेश सरकार र संघीय सरकारले तुरुन्त चासो लिनुपर्नेमा जोड दिएका छन् ।

वृहत राष्ट्रिय शिक्षा अभियानले समग्र शिक्षामा रुपान्तरण साथै सामुदायिक विद्यालय सवलिकरणको लागि जनस्तरबाट देशव्यापी अभियान सञ्चालन गरिरहेको

Loading...