प्रदेश १ मा १३३१ बेड तयार, ४२७ क्वारेन्टाइनमा

विराटनगर,१३ चैत । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश १ मा एक हजार ३ सय ३१ बेडको क्वारेन्टाइन तयार भएको छ । प्रदेश १ को ५१ स्थानमा क्वारेन्टाइन तयार भएको हो ।

सो क्वारेन्टाइनमा जम्मा २२७ जना बसिरहेका छन् । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार दुई सय पुरुष र २७ महिला क्वारेन्टाइनमा बसेका हुन् । होम क्वारेन्टाइनमा दुईसयजना छन् ।

कोरोना संक्रमित र संकास्पदको उपचारका लागि प्रदेशमा ३६ स्थानमा २३२ बेडको आइसोशेलन वार्ड तयार भएको छ ।

आइसोलेशन वार्डमा २ महिला र ७ पुरुषसहित ९ जना बसिरहेका छन् । प्रदेशमा १३९ आइसियू बेड पनि तयार भएको छ ।

Loading...