शिक्षा विकास केन्द्रले जारी गरेको विद्यार्थीलाई घर बसी पढ्ने स्रोत

विराटनगर, १३ चैत । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नका लागि ‘लकडाउन’ गरिएका बेला विद्यालय पनि बन्द छ ।

यसरी धेरै दिनसम्म विद्यालय बन्द भएका कारण स्कूले विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

कोरोनाका कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिन शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरेको छ ।

विकास केन्द्रद्वारा जारी सूचनामा बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध बालबालिकाको निमित्त उपयोगी ठानी सिफारिस गरिएका सामग्रीहरू देहायअनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइएको उल्लेख छ ।

साथै, उक्त सामग्रीहरूको समुचित उपयोग गरी अप्ठ्यारो परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकहरूबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्शन गरिदिन हुन शिक्षा तथा स्रोत विकास केन्द्रका तर्फबाट सादर अनुरोध गरिएको छ ।

Loading...