Rumpum

Rumpum Advertisement

कोरोना उपचार केन्द्र बनाउन नोबेल अस्पतालको सरकारसँग आग्रह

कोरोना उपचार केन्द्र बनाउन नोबेल अस्पतालको सरकारसँग  आग्रह

बिराटनगर, १३ चैत्र । बिराटनगर कञ्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा सुनिल शर्माले आपनो सिँगो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन सरकारसँग आग्रह गरेका छन ।

अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारलाई सहज बनाउनलागि नोबेल अस्पताललाई सम्पुर्ण कोरोना उपचार केन्द्र बनाउन आफू तैयार भएको घोषणा गर्दै तैयारी थाल्न सरकारसँग आग्रह गरेका हुन ।

डा सुनिल शर्मा


‘विश्वलाई नै आतंकित बनाईरहेको कोरोना भाईरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन हामी तैयार भएका छौ सरकारले तैयारी थालोस ’ , सञ्चालक शर्माले भने ।

सञ्चालक .शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन तयार रहेको जानकारी गराउदै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहिबार पठाइसकेको नोबेल अस्पताल प्रशासनले जानकारी गराएको छ ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् । शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै नोबेललाई कोरोना उपचार केन्दका रुपमा सञ्चालन गर्न सकिने सञ्चालन शर्माले बताएका छन ।

कोरोना रोकथाम संयोजन समिति संयोजक डा.कोइराला जस्ता जिम्मेवार व्यक्तिसहित राज्यनै संक्रमण रोकथानलागिपरेकाले सवैको हातेमालोले मुलुकमा अति आवश्यक भएको डा शर्मा बताउँछन ।

एक नम्बर प्रदेश सरकारले विराटनगर १० रोडशेष चौकमा रहेको नेशनल टे«डिङको खाली भवनलाई ५० शैयाको कोरोना अस्पतालका रुपमा रुपान्तरित गरिरहेको छ । यसबाहेक कोरोना संक्रमणका शंकास्पद बिरामीहरु राख्न कोशीमा १० नोबेलमा १ , विराटमा १२ , धरानको बिपीमा १० र विर्तामोडको बिएमसीमा १० वटा आइसोलेसन बेड तैयार गरिएको छ ।