उच्च ज्वरोपछि ११ वर्षीय बालक आइसोलेसनमा

जुम्ला, १३ चैत । जुम्ला तातोपानी गाउँपालिकाका ११ वर्षिय बाकलाई उच्च ज्वरो देखिएसँगै आईसोलेसनमा राखिएको छ ।

चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि उनलाई सिधै आईसोलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुनिल बुढाथोकीले बताए ।

उनका अनुसार बच्चामा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ ।

बालकका बुबा ५ दिन अगाडी भारतबाट आएको समेत खुलेको छ ।

२-३ दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा ज्वरो नाप्दा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएपछि आईसोलेसनमा राखिएको बुडाथोकीले जानकारी दिए ।

बालकलाई कोरोनाको रिर्पोट नआउन्जेलसम्म आईसोलेनसमै राखि उपचार गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Loading...