कोरोनाका कारण लण्डनमा एक नेपालीको मृत्यु

लण्डन, १३ चैत । कोरोना (कोभिड(१९) भाइरसको संक्रमणबाट लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको सोमबार बिहान मृत्यु भएको थियो ।

तर, बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो ।

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Loading...