सन्यास लिने मनसायमा इब्राहिमोभिक

एजेन्सी, १३ चैत । इटालियन क्लब एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिकले सन्यास लिने मनसाय ब्यक्त गरेका छन् ।

‘ला गजेट्टा’का अनुसार यसै सिजन मात्र एलए ग्यालेक्सीबाट मिलान फर्किएका ३८ वर्षीय इब्राहिमोभिकले सन्यास लिने मनसाय व्यक्त गरेका हुन् ।

ds

खबरका अनुसार स्वीडेनका इब्राहिमोभिक ‘मिलान प्रोजेक्ट’बाट सन्तुष्ट रहेका छैनन् ।

इटालियन मिडिया ला गजेट्टाका अनुसार मिलान बसाइमा सन्तुष्ट नरहेपछि उनले यसै समरसम्ममा मिलान छोड्ने मनसाय बनाएका छन् ।

खबरका अनुसार इब्राहिमोभिकले फुटबलबाट सन्साय लिएर सिरी ‘सी’को क्लबको व्यवस्थापन गर्ने इच्छा बनाएका छन् ।

खेल करिअर छोडेर अब उनी एसी मोन्जा नामक क्लबको व्यवस्थापन गर्ने मनसायमा छन् ।

मोन्जा सिरी ‘सी’ लिगको क्लब हो, अब ऊ सिरी ‘बी’मा उक्लने प्रयासमा छ । यसका लागि मोन्जाका अध्यक्षले उनलाई अनुबन्ध गर्न चाहेको बताएको छ ।

Loading...