पेलेको नजरमा मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट

एजेन्सी, १३ चैत । ब्राजिलियन लिजेन्ड पेलेले युभेन्टसका फवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । लियोनल मेस्सी र रोनाल्डोबीच तुलना गर्दै पेलेले यस्तो बताएका हुन् ।

messi ronaldo and pele

‘फिल्हाडो’ नामक युट्युबच्यानलसँग कुरा गर्दै पेलेले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट रहेको बताएका हुन् ।

उनले भने, ‘रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्, तथापि, यसो भनिरहँदा मेस्सीलाई बिर्सन मिल्दैन । तर, मेरो विचारमा रोनाल्डो मेस्सीभन्दा उत्कृष्ट खेलाडी हुन्,’ उनले भने ।

‘कोभन्दा को उत्कृष्ट भन्ने प्रश्न धेरै कठिन हुन्छ’, उनले थपे, ‘तपाईंले जिको, रोनाल्डिन्हो, रोनाल्डोलाई कदापी बिर्सन सक्नुहुन्न । युरोपमा बेकेनबउर, क्रुयफ र ममा सधैं तुलना हुन्थ्यो । मेरो विचारमा उनीहरूभन्दा म उत्कृष्ट थिएँ । किनकी उनीहरू सधैं मेरो तुलना गर्थे ।’

Loading...