तातो पानीको प्रयोगले भाइरस मर्ने पुष्टी भएको छैन

एजेन्सी, १३ चैत । भाइरसलाई तातोले मार्ने दाबीसहित तातो पानी सेवन गर्ने, तातो पानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव दिइएको र यो सुझाव सामाजिक सञ्जालमा निकै कम समयमा नै भाइरल भएको छ ।

नेपालमा मात्र नभएर भिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरेको उक्त सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ ।

सेयर गरिएका फोटो तथा लेखमा तातो पानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्ने भन्ने दाबी गर्दै आईसक्रीम नखान सुझाव दिइएको छ ।

तर, यूनिसेफलाई उद्धृत गरिएको यी कुराहरू असत्य रहेको यूनिसेफका निम्ति कोरोना भाइरससम्बन्धी सत्य तथ्य सूचना प्रदान गर्ने शार्लोट जोर्नित्ज्काले बताएकी छिन् ।

उनका अनुसार फ्लू भाइरस शरीरबाहिर गर्मीमा बाँच्दैनन् भन्ने हामीलाई थाहा छ, तर कोरोना भाइरसलाई कसरी तातोले प्रभाव पार्छ भन्ने कुरा अझैसम्म पुष्टी भएको छैन ।

भाइरसका लागि शरीरलाई अनुपयुक्त बनाउन शरीर तातो राख्ने प्रयास गर्ने वा घाममा बस्ने कुरा पूर्णतया अप्रभावकारी रहेको प्राध्यापक ब्लूमफील्डले बताए ।

एक पटक भाइरस शरीरमा पसेपछि त्यसलाई मार्ने कुनै उपाय नभएको र, शरीरले मात्र भाइरससँग लड्ने क्षमता राख्छ ।

शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सीअस तापक्रम चाहिन्छ जुन साउना बाथ वा तातो पानीले नुहाउँदाभन्दा अत्यधिक हो ।

तन्ना वा रुमाल ६० डिग्रीमा धुँदा कपडामा भएका भाइरस मर्छन् ।

तर, छाला सफा गर्ने यो उपाय व्यावहारिक नभएको बिबिसीमा उल्लेख गरिएको छ ।

बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहने हुदा तातो पानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन ।

Loading...