इटालीमा कोरोना संक्रमित नर्सले आत्महत्या गरिन्

पाँच हजार स्वास्थ्यकर्मी संक्रमित

एजेन्सी, १३ चैत । कोरोना संक्रमितको उपचारमा खटिएकी एक स्वास्थ्यकर्मीले आत्महत्या गरेकी छन् ।

इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी नर्सले आत्महत्या गरेकी हुन् ।

इटालीमा प्रकोप फैलिएपछि उनी अति प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन् ।

तर पछिल्लोसमय आफैँलाई कोरोनाको रिपोर्ट पोजेटिभ भएपछि उनले आत्महत्या गरेको बेलायतको पत्रिका टेलिग्राफले जनाएको छ ।

संक्रमितको उपचारमा खटिएकी उनी आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

उनी मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटमा थिइन् । इटालीमा ५ हजार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

Loading...