कोरोनाले मनोरञ्जनमा लक डाउन

विराटनगर, १३ चैत । कोरोना संक्रमणले महामारीको रुप लिँदा घर घरको मनोरञ्जनमा पनि लकडाउन भएको छ ।

नेपालीहरुले मनोरञ्जनका लागि हेर्दै आएका विभिन्न टिभी सिरियलहरुको नयाँ अंक निर्माण हुन छोडेका छन् । भारती च्यानलले समेत टिभी सिरियलहरु निर्माण रोकेका छन् ।

भारतीय च्यानलहरुले प्रशारण गर्ने टिभी सिरियलहरु कुमकुम भाग्य, कुण्डली भाग्य, नागिन, तारक मेहताका उल्टा चस्मा, कमेडी नाइट विथ कपिल तथा नेपाली टिभी सिरियलहरु मेरि बास्सै, सक्किगोनी, भद्रगोललगयतका सबै सिरियलहरुको नयाँ भाग बनेको छैन् ।

यस्तै रियालिटी सोहरुको नयाँ एपिसोड बनेका छैनन् ।

यता केही समय अघि रिलिज भएर रामै्र चर्चा कमाइरहेको अवस्थामा कोरोना संक्रमणको महामारीको त्रासका कारण हल बन्द भएपछि नेपाली फिल्महरु डिस होमबाट प्रदर्शन गर्न थालिएको छ ।

यस्तै चर्चामा रहेको र राम्रै आम्दमी गरिरहेको बेला कोरोनाले प्रभावित बनेको आमा फिल्म डिस होमबाट प्रदर्शन हुँदैछ ।

Loading...