ब्रिटेनका राजकुमार चार्ल्समा कोरोना भाइरस संक्रमण भएको पुष्टि

एजेन्सी, १३ चैत । ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

उनलाई कोरोना भाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका कारणले उनलाई कसबाट भाइरस सरेको पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स संक्रमित भएपनि उनमा मध्यम खालका लक्षणहरू देखिएको र स्वास्थ्यावस्था राम्रो भएको बिबिसीमा उल्लेख गरिएको छ ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको परीक्षण गर्दा भने भाइरस देखिएन ।

राजकुमार चार्ल्स अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

Loading...