खुर्पाले आफ्नै घाँटी काटेर महिलाले गरिन् आत्महत्या

इलाम, १३ चैत । इलाममा एक महिलाले खुर्पाले आफ्नै घाँटी काटेर आत्महत्या गरेकी छन् ।

इलामको रोङ गाउँपालिक–१ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा काटेर गरी आत्महत्या गरेकी हुन् ।

रोङ गाउँपालिका–४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो लगभग १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाइएको छ ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Loading...