अमेरिकामा एकै दिन १० हजार जना कोरोना संक्रमित थपिए

काठमाण्डौ, १३ । अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घण्टामा १० हजार जना थपिएपछि अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार २ सय ३ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या भने १ हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ४७ जनाको मृत्यु भएको छ ।

चीन र इटाली पछि कोरोना भाइरस (कोभडि १९) को संक्रमण देखिएको सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ ।

Loading...