युनाइटेडलाई ग्रिजम्यान दिन बार्सिलोना तयार

एजेन्सी, १३ चैत । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका स्टार एन्टोइन ग्रिजम्यान अनुबन्ध गर्ने योजना बनाएको छ ।

बार्सिलोनाले फ्रान्सेली स्टार ग्रिजम्यानलाई बेच्ने मनसाय बनाएपछि युनाइटेडले इच्छा देखाएको हो ।

खबरका अनुसार बार्सिलोनाले उनलाई यसै समयमा बेच्ने भएपछि युनाइटेडले ग्रिजम्यानलाई लिएर ला लिगा क्लबसँग प्रस्ताव राखेको हो ।

विश्वकप विजेता ग्रिजम्यानका लागि युनाइटेडले ९० मिलियन पाउण्डको प्रस्ताव अघि सारेको खबरमा जनाइएको छ । र, बार्सिलोना पनि युनाइटेडको प्रस्ताव स्वीकार्न तयार भएको जनाइएको छ ।

रसिया विश्वकप विजेता ग्रिजम्यान यसै सिजन मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका हुन् ।

पूर्वस्टार नेयमारले क्याप नोउ फर्किने मनसाय देखाएपछि बार्सिलोनाले उनलाई बेच्ने मनसाय बनाएको बताइन्छ ।

बार्सिलोना सर्वाधिक महंगा खेलाडी नेयमार क्याप नोउ फर्किनेमा विश्वस्त देखिएको छ ।

उनी सन् २०१७ मा क्पाप नोउ छोडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । ३ वर्ष लिग वान खेलेपछि उनी पुनः बार्सिलोना फर्किने मनसायमा रहेको बताइन्छ ।

नेयमारका साथै बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेज पनि भित्र्याउन चाहेको बताइन्छ ।

आफ्ना कप्तान लियोनल मेस्सीको आग्रहमा बार्साले नेयमार र मार्टिनेज दुवैलाई यसै सिजनमा अनुबन्ध गर्न चाहेको बताइन्छ ।

नेयमार र मार्टिनेज आउने भएपछि ग्रिजम्यानलाई बेच्ने इच्छा बार्सिलोनाको छ । ग्रिजम्यान सन् २०१७ मा पनि युनाइटेडसँग जोडिएका थिए ।

एथ्लेटिकोबाट ला लिगा खेलिरहेका उनी प्रतिद्वन्द्वी क्लब बार्सिलोना आएका थिए । बार्सा आएपछि उनले २६ ला लिगा खेल खेले । जसमा उनले ८ गोल गरेका छन् ।

Loading...