रियलमा आफ्नो पहिलो सिजन खराब रहेको हाजार्डले स्वीकारे

एजेन्सी, १३ चैत । यसै सिजन इंग्लिस क्लब चेल्सीबाट रियल मड्रिड आएका इडेन हाजार्ड आफ्नो प्रदर्शनबाट निराश देखिएका छन् ।

रियलमा पहिलो सिजन बिताउने क्रममा प्रायः घाइते रहेका उनी हाल ठीक हुने क्रममा छन् ।

२२ फेब्रुअरीमा लेभान्टेविरुद्धको खेलमा चोट बोकेका उनले त्यसयता खेल्न पाएका छैनन् ।

बीचमा कोरोना भाइरसका कारण लिग प्रभावित भएसँगै हाजार्डले यो सिजन खराब रहेको स्वीकारेका छन् ।

‘आरटीबीएफ’सँगको अन्तर्वार्ताका क्रममा हाजार्डले आफ्नो पहिलो सिजन खराब रहेको र आगामी सिजनमा राम्रो गर्ने बताए ।

‘मेरो पहिलो सिजन राम्रो रहेन । तर, दोस्रो सिजनको प्रदर्शन निर्णायक बन्छ, सायद अर्को वर्ष राम्रो जानेछ,’ उनले भने ।

यसैगरी आफूले ठूलो अनुभव संगालेको बताए ।

‘यो समूह निकै नै राम्रो छ, मैले यहाँ ठूलो अनुभव हासिल गरेको छु । अझै मेरो सम्झौता सकिन ४ वर्ष छ । आगामी वर्ष मेरो निराशा सकिनेमा म विश्वस्त छु’, उनले थपे ।

Loading...