प्रदेश १ का क्वारेन्टाइनमा १२०, आइसोलेसनमा ५ जनाको उपचार हुँदै

विराटनगर, १३ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भईरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार यो बुधबार साँझ सम्मको तथ्याङ्का हो ।

यस्तै ६९ जना होम क्वारेन्टाईनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरीएकाले उनिहरुको स्वास्थ्य परिक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबिच सरकारले चैत्र ११ गते देखि लागु गरेको लकडाउन उल्लघंन गरी बुधबार सवारी चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ । ठुला साना गरी ८ सय ८१ वटा सवारी साधन पनि प्रहरी नियन्त्रणमा छ ।

Loading...