Rumpum Advertisement
Dazzu

देशभर आंशिक बदली

देशभर आंशिक बदली

काठमाडौँ, १३ चैत । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज केही क्षेत्रको मौसम आंशिक बदली भएको छ। विहीबार अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ । बिहीबार दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफादेखि आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।