सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ, १३ चैत । कोरोना भाइरस कोभिड १९ को सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

दालतले यो विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाइ अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए ।

Loading...