Rumpum Advertisement

कोरोना संक्रमित डेबालाको स्वास्थ्यमा सुधार आउँदै

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित डेबालाको स्वास्थ्यमा सुधार आउँदै

एजेन्सी, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबालाले आफ्नो स्थास्थ्यमा सुधार आउँदै गरेको जनाएका छन् ।

अर्जेन्टिनी स्टार डेबालाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउँदै गरेको जनाएका हुन् ।

उनले चार दिनअघि आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए ।

गत शनिबार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डेबालाले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

आफूले कोरोनाको परीक्षण गराउँदा पोजिटिभ देखिएको बताउँदै उनले आफ्नी प्रेमीका ओरियानालाई पनि कोभिड संक्रमण भएको जानकारी गरेका थिए ।

डेबाला कोरोना संक्रमण हुने युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि डेनियल रुगानी र ब्लाइसे माटुइडीलाई कोरोनाको संक्रमण भएको थियो ।