Rumpum Advertisement

रोनाल्डो र नेयमारलाई उछिन्दै मेस्सी बने सर्वाधिक कमाइ गर्ने खेलाडी

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डो र नेयमारलाई उछिन्दै मेस्सी बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी, १३ चैत । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०१९ को सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् ।

फ्रान्स फुटबलले अघिल्लो दिन सार्वजनिक गरेको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनी स्टार मेस्सी शीर्ष स्थानमा छन् ।

फ्रान्स फुटबल पब्लिकेसनले खेलाडीले क्लबबाट पाउने तबल मात्र नभएर विज्ञापनमार्फत् हुने आयलगायतक जोड्दै यो सूची निकालेको हो ।

जसमा मेस्सीले आफ्ना खास प्रतिद्वन्द्वी तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन् ।

२०१८ मा पनि शीर्ष स्थानमा रहेका ३२ वर्षीय मेस्सी यसपटक पनि पहिलो स्थानमा छन् ।

अघिल्लो पटक मेस्सी शीर्ष स्थानमा रहँदा रोनाल्डो दोस्रो तथा ब्राजिलियन स्टार तेस्रो स्थानमा थिए । यसपटक पनि उस्तै छ ।

मेस्सीले २०१९ मा १ सय २१ मिलियन युरो कमाउँदै शीर्ष स्थान बनाएका छन् । यता, पोर्चुगिज स्टार रोनाल्डोले १ सय १८ मिलियन युरो कमाएका छन् ।

तेस्रो स्थानमा ९५ मिलियन युरो कमाएका नेयमार छन् भने ३८.७ मिलियन युरो कमाएका रियल मड्रिडका ग्यारेथ बेल चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेका बार्सिलोनाका स्टार एन्टोइन ग्रिजम्यानले ३८.५ मिलियन युरो कमाएका छन् भने छैटौं स्थानमा रियलका खेलाडी इडेन हाजार्ड छन् ।

सातौं स्थानमा आन्द्रेस इनियस्टा छन् भने रहीम स्टर्लिङ, रोबर्टो लेवान्डोस्की र किलियन एम्बाप्पे क्रमशः आठौं, नवौं र दसौं स्थानमा छन् ।