स्पेनको वृद्धाश्रममा धेरै संख्या मृत भेटिए

स्पेनस्थित बृद्धाश्रममा रहेका वृद्ववृद्वा कोरोना भाइरसका कारण ठूलो संख्यामा ओछ्यानमा पल्टिएका र मरेका भेटिएका छन् ।

विभिन्न ठाउँलाई डिसइन्फेक्ट्यान्ट गर्न पठाइएका टोलीहरूले वृद्धलाई बृद्धाश्रममा परित्याग गरिएको साथै उनीहरूको ओछ्यानमा मरेको भेटाएका हुन् ।

स्पेनिश रक्षामन्त्री मार्गारीता रोबल्सले मंगलबार बृद्धाश्रममा सरसफाई गर्न पठाइएको सेनाले यस्तो जानकारी दिएको बताइन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यहाँका कर्मचारीहरू भागे पछि आश्रममा रहेकाहरूले उपचार नपाएर ज्यान गुमाउनु परेको हो ।

रक्षामन्त्री मार्गारीताले निजी टिभी च्यानल टेलिकिनकोलाई अवकाश गृहमा वृद्ध व्यक्तिहरूसँग गरेको व्यवहारमा सरकार कडा र जटिल हुने बताइन् ।

स्वास्थ्य अधिकारीहरूले सामान्य अवस्थामा मृतकहरूको शवलाई शव भण्डारमा राखेर अन्त्येष्टि गरिनेछ ।

तर, मृत्युको कारण कोरोना भाइरससँग जोडिएको भन्ने आशंकाका कारण अन्त्येष्टि कर्मचारीहरुले शव लिन नआएसम्म उनीहरु मृत्यु भएकै ओच्छानमा शव छोडिने छ ।

इटाली पछि दोस्रो सबैभन्दा खराब प्रभावित यूरोपियन देश बनेको स्पेनमा भाइरस धेरै छिटो फैलिरहेको छ ।

हालसम्म स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित छन् भने ति मध्ये ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ । आज मात्र स्पेनमा ४ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

Loading...