विराटनगरमा डिस–इन्फेक्सन स्प्रे अभियान शुरु

विराटनगर, १२ चैत । कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगर महानगरले नगरक्षेत्रमा डिस इन्फेक्सन(निर्मलीकरण) अभियान सुरु गरेको छ ।

बुधबारबाट महानगरले डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु गरिएको हो ।

बुधवार विराटनगर महानगरका मेयर भीम पराजुलीले कोशी अस्पताल पुगेर स्प्रेको सुरुवात गरेका थिए ।

‘सोडिएम हाइपो क्लोराइड’लगायत विभिन्न रसायनबाट बनेको स्प्रे पहिलो चरणमा कोशी अस्पतालबाट शुरुवात गरिएको हो ।

नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिए ।

सक्रमण नियन्त्रणका लागि डव्लु एचो को मापदण्ड अनुसार महानगरले आफ्नै ल्यावबाट डिस इन्फेक्सन स्प्रे बनाएको उनले बताए ।

Loading...