तीन डिआइजी भए एआइजी

काठमाण्डौ ,१२ चैत । नेपाल प्रहरीका तीन जना डिआइजीहरु एआइजी भएका छन
डिआइजीहरु तारणिप्रसाद लम्साल , हरिबहादुर पाल र शैलेस थापा अतिरिक्त्त प्रहरी महानिरिक्षक (एआइजी) भएका हुन ।


नवनियुक्त्त एआइजीहरुलाई नेपाल प्रहरीका महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार दज्र्यानी चिन्ह्र प्रदान गरेका छन ।

तीन जना एआइजीहरु मध्ये लम्साललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, क्षेत्री प्रशासन तथा मानव स्रोत बिभाग र पाल कार्य तथा अपराध अनुसन्धान बिभागको जिम्मेवारी दिइएको छ ।

९ चैतमा बसेको संघिय सरकारको बैठकले उनीहरुलाई एआइजीमा पदोन्नती गरेको थियो ।
नेपाल प्रहरी संगठनमा अब एआइजीको दरबन्दि चार पुगेको छ । सँगै अब डिआइजीमा बढुवा गर्ने बाटो पनि सहज बनेको छ ।

Loading...