विराटनगर, १२ चैत । कोशी अस्पताल विराटनगरले कोरोना संक्रमणको आशंकामा अस्पतालमा आएका ४ जना विरामीको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाएको छ ।
अस्पतालकी मेसु डाक्टर संगीता मिश्राका अनुसार सोमबार र मंगलबार चारजनाको थ्रोट स्वाबसंकलन गरिएको हो ।
उनका अनुसार कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको फिबर क्लिनिकमा १३ जना विरामी आएका छन् ।
अस्पताल आएकाहरु मध्ये ट्राभल हिस्ट्री र अन्य लक्षण अध्ययन गरेर मात्र अस्पतालले कोरोना परीक्षणका लागि थ्रोट स्वाब लिने गरेकाे छ । मंगलबार परिक्षणका लागि पठाएकाहरूकाे रिपोर्ट आइसकेको छैन् ।
संकास्पद चार मध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको रिपोर्ट बिहीबार मात्र आउनेछ ।
थ्रोट स्वब संकलन गरिएका ४ मध्ये एकजना शंकास्पद विरामीलाई आइसोलेशनमै राखेर अन्यलाई होम क्वारेन्टाइनका लागि घर पठाइएको कोशी अस्पताल विराटनगरका डाक्टर देनप्रसाद आचार्यले जानकारी दिए ।