कोरोना संक्रमित सुत्केरीलाई डब्ल्यूएचओको सुझाव

विराटनगर, १२ चैत । कोरोना भाइरसको संक्रमणको खतरा गर्भवती महिलालाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाइसकेको छ ।

यस्तै कोरोना भाइरस संक्रमित गर्भवती महिलाले भर्खरै जन्म दिएको शिशुलाई छुन हुने वा नहुने, स्तनपान गराउन हुने वा नहुने विषयमा सुझाव दिएको छ ।

डब्ल्यूएचओको अनुसार, कोरोना भाइरस संक्रमित महिलाले भर्खरै जन्म दिएको नवजात शिशुलाई विशेष ध्यान दिनुपर्ने सुझएका छन् ।

बच्चाको स्वस्थ सफल हुन मद्दत गर्नका लागि आमा र बच्चा नजिकको सम्पर्क र प्रारम्भिक विशेष स्तनपान गर्न सकिने डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले नियमित रूपमा साबुन पानीले हात धुएर मात्र बच्चालाई छुने, एउटै कोठामा सुत्न सकिने, लक्षण देखिएका सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरी सफा गर्ने तथा अन्य अवस्थामापनि कोरोन भाइरस भएको शंका लागेका वा संक्रमित व्यक्तिहरूसँग अन्तर्क्रिया गर्दा अपनाउनु पर्ने सतर्कता अपनाउनुपर्ने हुन्छ ।

साथै, आमा निकै नै अस्वस्थ भएको अवस्थामा दूध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ ।

Loading...