कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सुझाव

विराटनगर, १२ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नियमित सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरूले जोड दिँदै आएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सुझाव दिएका छन् ।

  • साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्ने हुँदा हातमा औंठी तथा घडी नलगाऔं । नंग नपालौं । स्विमिंग नगरौं ।
  • पैसाबाट कोरोना भाइरस सर्न सक्ने हुँदा पञ्जा लगाएर पैसाको काम गरौँ ।
  • बाहिरबाट घर आएपछि चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, पैसा आदिलाई घाममा सुकाउने गरौँ ।
  • मोबाइल ल्यापटप, तथा आफूले छोइरहने सतहलाई डिस्इन्फेक्टेन्टले सफा गरौँ ।
  • सकभर पत्रिका घरभित्र नराखौं । अनलाइनबाट पढौं ।
  • दूधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अडर गरेका सामानलाई निस्संक्रमण गरौँ ।
  • हातलाई अनुहार छुनबाट नियन्त्रण गरौँ ।
  • तरकारी पकाउनुअघि १ घण्टाका लागि नुन पानीमा भिजाऔं ।
  • मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ । हरेक व्यक्तिसँग १.५ मिटरको दूरी कायम गरौँ ।
  • मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं । घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ ।
  • देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पूजा गरौँ ।
  • पाहुना जाने, बोलाउने संस्कृतिलाई केही समयको लागि स्थगित गरौँ ।
  • हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं ।
Loading...