गर्भवती महिलालाई डब्ल्यूएचओले दियो यस्तो सुझाव

विराटनगर, १२ चैत । कोरोना भाइरसले गर्भवती महिलालाई कसरी बचाउन सकिन्छ भन्ने हरेक मानिसको चिन्ता र चासोको विषय बनेको छ ।

यस्तैमा कोरोना भाइरसको संक्रमणको खतरा गर्भवती महिलालाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाइ सकेको छ ।

डब्ल्यूएचओ अनुसार, गर्भवती महिलाले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र नभएर गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन सक्ने हुँदा गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।

डब्ल्यूएचओले दिएको सुझावः

  • नियमित रूपमा साबुन पानी वा स्यानिटाइजरले हात धुने
  • आँखा, मुख तथा नाकमा नछुने
  • अन्य मानिसको सम्पर्कबाट टाढै रहने
  • खोक्दा तथा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने

डब्ल्यूएचओका अनुसार गर्भवती महिलालाई उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने हुन्छ ।

गर्भवती महिलामा कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्तासम्म ‘सेल्फ आइसोलेसन’मा बस्न समेत डब्ल्यूएचओले सुझाव दिएको छ ।

Loading...