Rumpum Advertisement
Dazzu

कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजार जनालाई संक्रमण सार्न सक्ने

कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजार जनालाई संक्रमण सार्न सक्ने

एजेन्सी, १२ चैत । कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजार जनालाई संक्रमण सार्न सक्ने युनिभर्सिटी कलेज लन्डनमा इन्टेन्सिभ केयर मेडिसिनका प्राध्यापक डा ह्यु मन्टगोमेरीले बताएका छन् ।

बेलायती टीभी ‘च्यानल–४’ सँग कुरा गर्दै डा ह्युले एकजनाबाट हजारौंमा संक्रमण सर्न सक्ने भएकाले मानिसहरूलाई सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

सामान्य रुघाखोकी लाग्दा एकजनाले औसतमा १.३ देखि १.४ जनालाई संक्रमित बनाउने हुँदा अर्को संक्रमित व्यक्तिले अन्यलाई संक्रमण सार्दा १० पटक संक्रमण चक्र चल्ने र कुल १४ संक्रमण हुने सम्भावना रहेको डा ह्युले बताए ।

तर कोरोनाभाइरस चाहिँ एक व्यक्तिबाट औसतमा तीन मानिसमा सर्छ ।

एकबाट तीनमा सर्दा यो १० तहमा अघि बढ्दै जान्छ र एकजनाले ५९ हजारलाई संक्रमित बनाउन सक्छ ।

यो संख्या तिनलाई दश गुणा बढाएर ५४ हजार ४९ हुन आउँछ ।